Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2018-10-21

Lumbini, Dang, Ghorahi, Ward 12

घोराही उपमनपा–१२ गुर्जेकी ३७ वर्षीय चम्पी नेपालीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति रामबहादुर नेपालीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । मादक पदार्थ सेवन गरेका आरोपितले घरयासी विवादमा कात्तिक ४ गते कुटपिट गरेको र कुटपिटबाट टाउको, अनुहार, गोडामा निलडाम रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन गौतमले बताए । घटनाको २४ घण्टासम्म पनि उपचार नभएपछि कात्तिक ५ गते राति मृत्यु भएको पीडित पक्षले जनाएको छ । शवको पोष्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कात्तिक ७ गते गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Youth Abducted 00
INSEC

0 Comments