Incident Reports

स्कुल भत्काएको विरोधमा सडकमै पठनपाठन

2018-10-25

Binod Kumar Rabidas सडक विस्तारका क्रममा बिद्यालय भवन भत्काएको विरोधमा सडकमै पठनपाठन सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको राजर्षी जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु सडकमै बसेर पढेका हुन् । सकडमै बोर्ड, डेस्कबेन्च राखेर पढाइएको थियो । विद्यार्थीहरुले जनकपुर लोहरपट्टी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर पढाई गरेका हुन् । गत वैशाख पहिलो साता सडक विस्तारका क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल डोजर लगाएर भत्काइको थियो । सडक विस्तारको नाममा वडाअध्यक्ष रामेश्वर महासेठले विद्यालयको भवन भत्काएको स्कुलको आरोप छ । विद्यार्थीहरुले भत्किएको कोठामा अध्ययन गर्दै आएका थिए । विद्यालयमा अध्ययनरत झण्ड ६ सय विद्यार्थी ६ महिनादेखि सडकको धुवाधुलो खाएर पढ्न बाध्य थिए । विद्यालय भवनसँगै जोडिएको जनकपुर लोहरपट्टी सडकमा अत्याधिक सवारी आवतजावत गर्ने भएकाले धुलोले स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी रामकुमार महासेठको गुनासो छ । गर्मीको समयमा जसोतसो पढाएपनि जाडोमा समस्या हुने भएकाले दबाव दिन सडकमा पठन पाठन गरिएको प्रधानाध्यापक वीरेन्द्र यादवले जताए । विद्यालयको कक्षाकोठा भवनको वाल भत्काएको विरोधमा स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments