Incident Reports

भागेर दोस्रो अन्तरजातीय विवाह गरेकी रुवीको श्रीमानले गरे हत्या

2018-10-26

Madhes, Dhanusha, Hansapur

(PR) धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २८ वर्षका संजय यादवले २४ वर्षकी पत्नी रुवी ठाकुरलाई कुटेर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७ बजे पत्नी रुवीलाई संजयले कुटपिट गरेर बेहोस् छाडेर स्थानीय एकजना डाक्टर बोलाउन गएका थिए । डाक्टर आएर उपचार गरेपछि एकपटक होस् आएको र केहीबेरमा उहाँको ज्यान गएको डाक्टरको भनाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले बताउनुभयो । तर डाक्टर बोलाउन गएका पति संजय भने उत्तैबाट फरार भएका छन् । स्थानीयका अनुसार तीनदिनदेखि श्रीमान–श्रीमतीबीच भएको थियो । त्यही विवादका क्रममा यादवले श्रीमती रुवीमाथि कुटपिट र यातना दिएको र त्यसै क्रममा रुवीको ज्यान गएको प्रहरी निरीक्षक कुशवाहाले बताउनुभयो । शवलाई राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र फरार यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यता रुवीका माइतपक्षले छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या भएको छिमेकीहरुको बताएको बताएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका ७ तरापट्टी बस्ने रामप्रसास ठाकुरकी छोरी रुवीको ६ वर्ष अघि समाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुर भन्ने केटासँग विवाह भएको थियो । तर त्यसको एकवर्ष नबित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका संजय यादवसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । त्यसपछि रुवीको माइतसँग सम्बन्ध चिसिएको र आवत–जावत समेत नरहेको रुवीका भाइ विनोद ठाकुरको भनाई छ । शुक्रबार साँझ ८ बजेतिर रुवीको हत्या भएको कुरा छिमेकहरुले बताएपछि आफूलाई थाहा भएको भाइ विनोदले बताउनुभयो । भाइ विनोदका अनुसार संजय बदमास केटो रहेको र केही दिन अघि रुवीले आफ्नो सुन बेचेर पैसा राखेको कुरा थाहा पाएपछि संजयले पैसा लिन रुवीलाई कुटपिट र यातना दिँदै आएका थिए । सुन बेचेको पैसा लिनकै लागि शुक्रबार साँझ रुवीमाथि उनकै श्रीमानले कुटपिट गरी हत्या गरेको आफूलाई स्थानीयले जानकारी गराएको विनोदले बताउनुभयो । उहाँले रुवीको हत्यामा संलग्न यादवलगायत सबैलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । संजय ट्रक चालक रहेको र बिहे भएकै बेलादेखि संजयले बेला बेला रुवीलाई कुटपिट गर्दै आएको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Bara , Local Newspaper - Mahottari

0 Comments