Incident Reports

बोक्सी भन्दै मलमुत्र खुवाउने प्रयास गरेको घटनाका आरोपित गिरफ्तार

2018-10-25

तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरेको भन्दै प्रहरीले सोही ठाउँकी २२ वर्षीया सुनीता रामलाई गिरफ्तार गरी कात्तिक ७ गते उजुरी दर्ता गरेको छ । कथित बोक्सीको आरोप लगाउँदै असोज २२ गते शौचलायबाट लोटामा मानव मलमुत्र ल्याई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरी कात्तिक ७ गते जिल्ला अदालतबाट म्याद थप गरिएको इन्स्पेक्टर प्रतिक विष्टले बताए । पीडित महिलाले असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएपछि पीडितको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपमा असोज २३ गते उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरूपले आरोपितविरूद्ध भेदभाव तथा अन्य अपराध जन्य व्यवहारमा उजुरी दर्ता गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments