Incident Reports

काङ्ग्रेसको सभामा आएको गाडीमा पेट्रोल बम प्रहार l

2013-11-12

Bagmati, Nuwakot, Kakani

नुवाकोट । ०७० कात्तिक २६ गते, काङ्ग्रेसको जिल्लास्तरिय सभामा भाग लिन ककनी गाविसबाट सदरमुकाम विदुर तर्फआएको बा ५ च ६२५३ नम्बरको पिकप भ्यानमा कात्तिक २६ गते अज्ञात समूहले जङ्गलबाट पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । मदानपुर गाविस-८ जुरेथुम भन्ने ठाउँमा अज्ञात समूहले भ्यानमा पट्रोल बम प्रहार गरेको तर कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विपीन कर्माचार्यले बताए । काङ्ग्रेस केन्द्रीय सदस्य तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुननरसिंह केसी चढेको गाडी भन्दा पछाडि रहेको भ्यानमा बम प्रहार भएको हुनाले नेता केसीलाई हानेको हुन सक्ने काङ्ग्रेसका जिल्ला सचिव लक्ष्मण श्रेष्ठले बताए । बम प्रहार गर्ने समूह तथा व्यक्तिको पहिचान एकिन नभएको र जङ्गलतर्फ भागेको उनले जनाए । केशव मिश्र

0 Comments

Related Reports
Related Trend Analysis