Incident Reports

राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न गएका कर्मचारीमाथि आक्रमण

2018-09-30

Province 1, Panchthar, Falelung, Ward 1

लेखनाथ खतिवडा पाँचथर, असोज १६ राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न गएका एक कर्मचारीमाथि आक्रमण भएको छ । विवरण संकलनका लागि पाँचथरको फालेलुङ गाँउपालिकामा खटिई गएको टोलीमा रहेका कर्मचारी निराजन अधिकारीमाथि आइतवार राती आक्रमण भएको हो । अधिकारी बस्ने गरेको घरकै व्यक्तिले सामान्य विवादमा उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । फालेलुङ गाँउपालिका वडा नं. १ मा विवरण संकलन गर्न गएको टोलीमा सहभागी अधिकारी स्थानीय हरिषचन्द्र खड्काको घरमा वस्दै आएका थिए । आइतवार राती खाना खाएर उठ्ने क्रममा खड्काले एक्कासी फलामको बामफोकले अधिकारीको टाउकोमा प्रहार गरेका थिए । बामफोक प्रहारबाट अधिकारीको टाउकोमा चोट लागेको छ । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । अधिकारीलाई आक्रमण गर्ने खड्कालाई स्थानीयसमेतको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पाँचथर जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Parsa , Local Newspaper - Morang

0 Comments

Related Reports