Incident Reports

बन्चरोको प्रहारबाट पत्नीको हत्या, आरोपित फरार

2018-10-28

Lumbini, Kapilbastu, Shivaraj

 शिवराज नगरपालिका-१ बनकट्टाकी ३५ वर्षीया सुमित्रा परियारलाई ४० वर्षीय पति बसन्त परियारले कात्तिक ११ गते बन्चरो प्रहार गरी हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पीडित महिलाका छोराछोरी सुतिसकेको समयमा कात्तिक ११ गते राति आरोपितले सुमित्रालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो । मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका इन्स्पेक्टर महेश्वर उपाध्ययले बताए । हत्यारा फरार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव पोष्टमार्टमका लागि कात्तिक १२ गते शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियारका २ छोरा र १ छोरी रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports