Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-10-25

Karnali, Dolpa, Tripurasundari, Ward 7

 २० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-७ का २२ वर्षीय अमर रोकायलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले कात्तिक ९ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन् । घटनापछि फरार आरोपितलाई कात्तिक ११ गते राति गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ९ गते गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी चौकी त्रिपुराकोटका सई टेकबहादुर देउवाले जानकारी दिए ।


****अपडेट 

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका त्रिपुरासुन्दरी नगरपालिका–७ का २५ वर्षीय अमरबहादुर रोकायलाई राजनीतिक दबाबमा मिलापत्र गरेर छाडिएको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक ७ गते बलात्कार प्रयास गरेर लछारपछार गरेको पीडित पक्षले कात्तिक ९ गते प्रहरी चौकी त्रिपुराकोटमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

त्रिपुराकोट प्रहरी चौकीमा आरोपित पक्ष र पीडित पक्षबीच कात्तिक १४ गते छलफल गराएर मिलापत्र गराइएको छ ।

नेकपाका कार्यकर्ता जनबहादुर रोकाय, न्यायिक समितिका सदस्य छक्क धरलालगायत अन्तरपार्टी महिला सन्जालकी प्रतिनिधि काली चलाउनेले चौकी बाहिर अनौपचारिक छलफलमा मिल्न दबाब दिएर आन्तरिक रूपमा पीडितलाई क्षतिपुर्ति दिलाउन लगाएर कात्तिक १५ गते मिलापत्र गरेर आरोपिलाई छाडिएको जनाइएको छ ।

प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज सई टेकबहादुर देउवाले आफूहरूले गिरफ्तार गरी अनुसन्धान गरिरहेको बेला नगरका नेकपाका कार्यकर्ता महिला अधिकारकर्मी र न्यायिक समितिका सदस्यले समेत हामीहरू मिलाउछौँ भनेर दुवै पक्षलाई राखेर छलफल गराउँदा विवाह गर्ने परम्परा अनुसार मन पराएको केटीलाई चोरेर लैजाने मनसायले लारपछार गरेको बलात्कारको नियतले नभएको भन्ने आएर मिलापत्र गरिएकाले छाडिएको प्रहरी चौकीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , INSEC

0 Comments