Incident Reports

बन्दले जनजीवन प्रभावित, सिलिण्डर बम बिष्फोटl

2013-11-11

Hemnath Khatiwada/Sabitri Sapkota नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्ताल कारण कात्तिक २५ गते बिहानैदेखि जिल्लामा बन्दको पूर्ण रुपमा प्रभाव परेको छ । बन्दका कारण जिल्लामा यातायातका साधन, बजार, पसल बन्द भएका छन् । शैक्षिक संस्थाहरू पूर्ण रुपमा ठप्प छन् । बन्द प्रभावकारी बनाउन नेकपा-माओवादीले जिल्लाका विभिन्न स्थानमा खतरा लेखेर राखेका शंकास्पद बस्तु प्रहरी र नेपाली सेनाका टोलीले हटाएको छ । कात्तिक २४ गते राती दुई स्थानमा राखिएका शंकास्पद बस्तु प्रहरीले हटाएको थियो । तर, प्रहरीले यसबारे बिस्तृत जानकारी भने दिएको छैन । सो बारे जानकारी लिँदा बम/शंकास्पद बस्तु फेला परेको भन्ने कुराहरू हल्ला मात्र भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी संजयबहादुर राउतले बताए । पूर्वी चितवनको रत्ननगर नपा- २ टाँडी बजार नजिकै कात्तिक २४ गते राति बजे सानो सिलिण्डर बम बिष्फोट भएको इलाका प्रहरी कार्यालय रत्ननगरका इन्स्पेक्टर केदार पन्तले जानकारी दिए । सानो सिलिण्डरमा राखिएको बम पड्कदा कुनै मानविय तथा भौतिक क्षती नभएको इन्स्पेक्टर पन्तले बताए । बन्दमा अप्रिय घटना हुन नदिन राजमार्गका ठाउँ/ठाउँमा जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । बन्द कर्ताहरू सड्कमा निस्किएको भने देखिएको छैन । त्यस्तै गरी गएसाँझ भरतपुर नपा-२ क्षेत्रपुर स्थित रामेश्वर मन्दिर नजिक शंकास्पद बस्तु भेटिँदा आधा घण्टासम्म त्यहाँका स्थानीयवासीहरू त्रसित भएका थिए । सडकमा राखिएको सो शंकास्पद बस्तु बोराले बेरेर तार जोडेर राखिएको थियो । तर त्यसभित्र दुई ओटा इट्टा मात्र फेला परेको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर मदनजीत महराले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports