Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

2018-10-15

Karnali, Kalikot, Kalika, Ward 5

शुभकालिका गाउँपालिका–४ का ४७ वर्षीया नन्दकला चौलागाईलाई कथित बोक्सीको आरोपमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भन्दै प्रहरीले सोही ठाउँका २७ वर्षीय हरिशरण चौलागाईलाई कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २९ गते कथित बोक्सीको आरोपमा धारिलो हतियार प्रहार गरेको भन्दै पीडितले सोही दिन प्रहरी चौकी हाउडीमा उजुरी दिएकी थिइन् । आरोपितलाई प्रहरी चौकी हाउडीबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितले असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फरार रहेका आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरू गरेको हो । पीडित महिलाको टाउको पछाडि चोट लागेका कारण जिल्ला अस्पताल कालिकोटमा उपचार भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments