Incident Reports

सर्लाहीमा गोली चल्यो, एक काँग्रेस कार्यकर्ताको मृत्यु

2018-10-30

Madhes, Sarlahi, Ramnagar

सर्लाहीमा काँग्रेस र नेकपाका कार्यकर्ताबीचको झडपका क्रममा गोली चलेको छ । गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको ज्यान गएको प्रहरीले जनाएकाे छ । गोली कसले चलायो भन्नेबारे खुल्न बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको र सो क्रममा गोली चल्न पुगेको हो । गोली लागेर अरु चार जना घाइते भएको पनि बताइएको छ । मृतक महतो रामनगर गाउँपालिका वडा - ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन्। केही समययता सो गाउँपालिकामा काँग्रेस र नेकपाबीच विवाद हुँदै आएको थियो । सोमबार मात्रै रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेको थियो । सोमबार वडा कार्यालय जाँदै गर्दा रायको घरमा बसेका १५/२० जनाको समूहले उनीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 7
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha

0 Comments