Incident Reports

अपहरण गरी बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-10-25

Madhes, Siraha, Golbazar, Ward 12

१३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ११ गते उजुरी दर्ता गरिएको छ । गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो । पीडित बालिकालाई आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको र पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगी बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ९ गते गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर रामबहादुर ढकालले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments