Incident Reports

कुटपिट गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

2018-10-30

Province 1, Ilam, Fakphokthum, Ward 2

फाकफोकथुम गाउँपालिका–२ का २० वर्षीय सुवास रिजाललाई सेवा लिन जाँदा सोही वडाका वडाध्यक्ष यामबहादुर पौडेलले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । बिजुलीको मिटरबक्सका लागि सिफारिस लिन जाँदा वडाध्यक्ष पौडेलले कात्तिक १३ गते आफूमाथि कार्यकक्षमै कुटपिट गरि निकालेको रिजालले दिएको उजुरीमा उल्लेख छ । पौडेलले रिजाललाई टाउकोमा दुई बक्सर हानेको प्रत्यक्षदर्शीले बताएका छन् । १५ दिन अघिमात्रै गाउँमा विस्तार भएको बिजुली मिटरबक्स नभएपछि आफूहरूले डाइरेक्ट लाइनबाट जोडेको र विद्युत कर्मचारीले तीनदिन अघि बिजुली काटिदिएको पीडित रिजालले बताएका छन् । विद्युत काटिएपछि आफूले वडाध्यक्षलाई फोन गरि सूचना नदिइ विद्युत काटेको गुनासो गरेको रिजालले बताएका छन् । मिटरबक्सको सिफारिस लिन वडा कार्यालय जाँदा ‘हिजो मलाई फोन गरी धम्क्याउने तँ नै होइनस्’ भन्दै वडाध्यक्षले कुटपिट गरेको पीडित रिजालले आरोप लगाए । रिजालले आफूले लगेको जग्गाधनी पूर्जा पनि वडा कार्यालयमै राखिदिएको र सिफरिस पनि नदिएको बताए । वडाअध्यक्ष पौडेलले भने विद्युत प्राधिकरणले लाइन काट्दा रिजालले फोन गरी ‘तेरो वडा कार्यालय ध्वस्त बनाइदिन्छु’ भन्दै धम्की दिएकाले सिफारिस नदिएको बताए । उनले भने–‘मलाइ धम्की आएपछि प्रहरीमा उजुरी गरेको र कारवाही नभएसम्म सिफारिस दिन्न भनेर पठाएको हुँ ।’ पीडित रिजालले गाउँमा विद्युत मिटरबक्स नै वितरण नभएकाले आफूमात्र नभइ गाउँका धेरै सेवाग्राही मिटरबिनै बिजुली बाल्न बाध्य भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Jhapa

0 Comments

Related Reports