Incident Reports

बाल बालिका लाइ चुनाव प्रचार मा प्रयोग न गर्ने आग्रह

2013-11-09

नुवाकोट । ०७० कात्तिक २२ गते, जिल्ला बालकल्याण समितिले कात्तिक २१ गते एक गोष्ठीको आयोजना गरी राजनीतिक दलका प्रतिनिधिहरूलाई निवार्चनमा बालबालिका प्रयोग नगर्न आग्रह गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका राजु थापा, नेकपा एमालेका दीलबहादुर राई, एमाओवादीका इन्द्र पण्डित, राप्रपाका रामकृष्ण भट्ट, राप्रपा नेपालका रामकृष्ण पाण्डेले बालबालिका प्रयोग नगरिएको र नगर्ने प्रतिवध्ता जनाए । सोही कार्यक्रममा निर्वाचन अनुगमन गर्न तीन ओटै क्षेत्रमा क्षेत्रीय अनुगमन समित र जिल्ला अनुगमन समिति गठन गरिएको छ । सो अनुगमन समितिमा श्यामसुन्दर श्रेष्ठ, तारापाठक, राजन पाठक, प्रकाश अधिकारी, दीलबहादुर राई इन्द्रबहादुर पडिण्त रहेको अनुगमन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले बताए । केशव मिश्र

0 Comments

Related Reports
Related Trend Analysis