Incident Reports

अज्ञात पक्षद्वारा वडा अध्यक्षमाथि कुटपिट

2018-11-02

Gandaki, Tanahun, Shuklagandaki, Ward 8

शुक्लागण्डकी नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण रेग्मीमाथि कुटपिट भएको छ । वडा अध्यक्ष रेग्मीमाथि कात्तिक १६ गते राति १० बजे अज्ञात पक्षबाट कुटपिट भएको हो ।

कुटपिटबाट घाइते वडा अध्यक्ष रेग्मीलाई कात्तिक १६ गते राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पुर्‍याइएको छ ।

उनलाई थप उपचारका लागि राति नै पोखरा पठाइएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर श्रवणकुमार बिकले जानकारी दिए ।

फिस्टेल अस्पताल पोखरामा उनको उपचार भइरहेको छ । उनको आँखामा गहिरो चोट लागेको छ ।

प्राकृतिक श्रोतको अवैध उत्खनन् भइरहेको सूचना पाएपछि त्यसको बारेमा जानकारी लिन जाँदा आफूमाथि एक्कासी आक्रमण भएको वडा अध्यक्ष रेग्मीले बताए । आक्रमण गर्ने समूहलाई आफूले पहिचान गर्न नसकेको उनले बताए ।

इन्स्पेक्टर बिकले रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई गिरफ्तार गरिएको बताए । तर उनीहरू विरूद्धमा कुनै उजुरी नपरेको हुँदा मुद्दा चलाउने प्रक्रिया सुरू नभएको उनले बताए । कुटपिटको कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports