Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाका आरोपित विरूद्ध उजुरी

2018-10-30

Madhes, Dhanusha, Sabaila

सबैला नगरपालिका–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कात्तिक १३ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ४० वर्षीया खैतून खातुन, २५ वर्षीया अजिमा खातुन र ३० वर्षीय जुमरत राइनले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।


कुटपिटबाट छाती, पेट, पिठ्यूँ, गुप्ताङ्गलगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको पीडितले बताइन् । उनको उपचार जनकपुर अञ्चल अस्पालमा भइरहेको छ ।

आरोपितहरूले विगत केही दिनदेखि कथित बोक्सीको आरोपमा गालिगलौज र कुटपिट गर्दै आएको पीडित पक्षको आरोप छ ।

घटनाका आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Female Abducted 00
INSEC

0 Comments