Incident Reports

स्थानीय तहमा शिक्षकको धर्ना

2018-11-02

Lumbini, Dang, Ghorahi

दाङका शिक्षकले  यहाँका दश वटै स्थानीय तहहरुमा धर्ना दिएका छन् ।

सरकार संग भएका २६ बँुदे माग पुरा हुनु पर्ने माग गर्दै शुक्रवार जिल्लाका शिक्षकहरुले स्थानीय सरकारको कार्यालय अगाडि धर्ना दिएका हुन । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले स्थानीय सरकार मार्फत दवाव सृजना गर्न  धर्ना दिनु परेको जानकारी दिएका छन् ।  यो उनीहरुको तेश्रो चरणको आन्दोलन हो ।

देशलाई आवस्यक पर्नै योग्य जनशक्ति उत्पादनमा आफुहरुको महत्वपुर्ण भूमिका रहँदै आएको भएपनि  सरकारले त्यो अनुरुपको व्यवहार नगरेको शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काले गुणसो गरे ।

 कूल गार्हस्थ उत्पादनको ४ प्रतिसत रकम शिक्षा क्षेत्रमा खर्च गरीनुपर्ने, आधारभूत तहसम्मको शिक्षा अनिबार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, बिद्यालय शिक्षाको सुधार संबिधान अनुसार गर्नुपर्ने, संघीय शिक्षा ऐन संसोधन , सरकार संग बिगतमा भएका समmैताहरुको कार्यान्वयन गर्नु पर्ने, अस्थायी शिक्षकहरुलाई प्रकृया पुरागरी स्थायी गरिनुपर्ने लगाएतका २६ बुँदे मागहरु उनीहरुले अघि सारेका छन् ।

तेश्रो चरणको आन्दोलन अन्तर्गत शुक्रवार दशैभरीका सबै स्थानीय तहहरुमा धर्ना दिएको  र आगामी दिनमा प्रदेश एवं केन्द्रमा आन्दोलन चर्काउने आन्दोलनरत शिक्षकहरुले चेतावनी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports