Incident Reports

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न ६ जना पक्राउ

2018-11-01

आपसी विवादका कारण भएको कुटपिटमा एकजना युवकको मृत्यु भएको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित डण्डाबजारमा रहेको मामा भाञ्जा होटलमा बिहीबार राति झगडा हुँदा २३ वर्षीय विष्नु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।

राति करिब १ बजेतिर थापासहित केही युवाहरु मदिरा सेवन गरेर बसेका थिए। झगडा हुन थालेपछि होटल सञ्चालकले थापासहित अन्य युवालाई बाहिर निकालेका थिए। मदिरा खाएर मातेका युवाले सडक छेउ पुग्दासम्म थापालाई निर्घात कुटपिट गरेकाले मृत्यु भएको अधिकारीले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाको बोत्तल र मुक्का प्रहारबाट मृत्यु भएको देखिएको छ।

मध्यविन्दु नगरपालिका-७ अम्रसा गाउँका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार मृत्यु भएको हो। पूर्वी रिसिबीसमेत नभएकाले के कति कारणले झगडा भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको अनुन्धान गर्न होटल सञ्चालकसहित संलग्न ६ जना युवालाई पक्राउ गरिएको निरीक्षक अधिकारीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports