Incident Reports

गुडिरहेको बसमा आगजनी l

2013-11-12

Bagmati, Makawanpur, Kailash

Sabitri Sapkota चितवन , कार्तिक २६ - अज्ञात समूहले सोमबार राति चितवनको मुंग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत कलिवास गाविस- १ देविटारमा गुडिरहेको बसमा आगो लगाउँदा यात्रुले मुस्किलले ज्यान जोगाएका छन् । बसमा आगो लागेपछि त्यसमा सवार ४० जना यात्रुले ढोका र झ्यालबाट हाम्फालेर ज्यान जोगाएका हुन् । प्रहरीले गरेको सुरक्षा स्कर्टिङ छलेर एक्लै गुडेको सर्लाहीबाट काठमाडौँ गइरहेको ना ४ ख ४७३४ नम्बरको बसमा सडकभन्दा माथिबाट आगोको डल्लो फयांकेको जिल्ला प्रहरीका डिएसपी सञ्जय राउतले जानकारी दिए । उक्त समूहले कपडामा आगो सल्काएर बसमा फयांकेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार यात्रुले आफना हाते ब्याग मात्र जोगाउन सकेका थिए । उनीहरुका बाँकी सामान जलेका छन् । बस पूर्णरुपमा क्षति भएको छ । यात्रुलाई राति नै गन्तव्य पठाइएको छ । घटनामा कसको संलग्ननता रहेको छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis