Incident Reports

कार्यकर्ता हत्याकाे विराेधमा कांग्रेसद्वारा सर्लाही बन्द

2018-11-04

 नेपाली कांग्रेसले अाइतबार  सर्लाही सदरमुकामसहित मुख्य व्यापारी केन्द्रको  बजार बन्द गराएको छ ।

कार्तिक १३ गते रामनगर बहुर्वा- ४ मा  नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय  कांग्रेस कार्यकर्ता विलास महतोको ज्यान गएपछि कांग्रेसले हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै आन्दोलन कार्यक्रम  घोषणा गरेको हो ।

कांग्रेस कार्यकर्ताले आइतबार बिहानैदेखि हत्याको विरोधमा  ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । दोषीलाई पक्राउ गरेर  कानुनी कार्वाही नगरेसम्म मृतकको शव नबुझ्ने कांग्रेस नेता अम्रेशकुमार सिहले जानकारी दिनुभयो ।

नेकपाका जिल्ला संयोजक रेवती पन्तले आफ्नो कार्यकर्ताले महतोको हत्या नगरेको दावी गर्नुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments