Incident Reports

कटारी नगरपालिका मा स्थानीय र प्रहरी बीच झडप हुदा ४ जना महिला घाइते

2018-11-04

Province 1, Udayapur, Katari

उदयपुर — सिमेन्ट उद्योगको चुनढुंगा ढुवानीको विषयमा विवाद हुँदा कटारी नगरपालिका-४ मरुवमा प्रहरी र स्थानीयबीच शनिबार मध्यरात झडप भएको छ ।
कसमस सिमेन्ट उद्योगका लागि चुनढुंगा लिएर जाँदै गरेको टिपर स्थानीयले रोकेका थिए। टिपर रोकेपछि त्यहाँ पुगेको प्रहरीले रोकेको टिपर छोड्न दबाब दिँदा झडप भएको हो । टिपर नछोड्ने भन्दै स्थानीय महिलाले सडक जाम गरेपछि प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीले महिलामाथि लठ्ठी चार्ज गरी दुर्व्यवहार गरेको गाउँलेले बताए ।

१२ बजे कसमस सिमेन्टको चुनढुंगा ढुवानी गर्ने टिपर रोकेको र त्यसलाई खुलाउने क्रममा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक श्रेष्ठको कामण्डमा आएको टोलीले लठ्ठी र्चाज गरेको कटारी नगरपालिकाका प्रवक्ता समेत रहेका वडानम्बर-४ का वडाध्यक्ष कृष्ण दनुवारले बताए।

‘चाडपर्वको समयमा टिपर सञ्चालन नगर्ने सहमति विपरीत टिपर सञ्चालन गरेपछि कसमस सिमेन्ट र स्थानीयबीच विवाद हुँदै आएको थियो’ वडाध्यक्ष दनुवारले भने,‘तर सहमति विपरीत आएका टिपर स्थानीयले रोकेपछि रोकिएको टिपर खुलाउने गएको प्रहरीले गोली हान्छु, मार्छु भन्दै लठ्ठी चार्ज गरेर महिलामाथि हातपात गरेको हो ।’ प्रहरीको लठ्ठी चार्जबाट बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको उनले बताए।


‘प्रहरीले मादक पर्दाथ सेवन गरी रोकेको टिपर खुलाउने बाहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाए छ,’वडाध्यक्ष दनुवारले भने,‘कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो, महिलाको ढाड,टाउको र पिडुँलामा लाठी हानी कपडा च्यातिदिदै प्रहरीले गालीगलौज गर्‍यो ।’
इलाका प्रहरी कार्यालय कटारीले चुनढुंगाको टिपर खुलाउने क्रममा रातीको समय भएकाले केही महिलामाथि हातपात हुन गएको जनाएको छ । जाँडरक्सी खाएर युवकको समूहले टिपर रोकेको र खुलाउने क्रममा युवालाई पक्राउ गर्दा महिलाहरु झुम्मिएर आएपछि त्यही भीडमा महिलामाथि हातपात हुन गएको प्रहरीको भनाई छ ।

घटनाको विषयमा स्थानीयले जनाकारी गराएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक चन्ददेव राईले बताए। प्रहरी र स्थानीयबीच मध्यरातमा झडप भएको जनाकारी आएको प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले बताए ।

‘सिमेन्ट उद्योगको चुनढुंगा ढुवानी गर्ने टिपर रोकेको विषयमा विवाद हुँदा झडप भएको भन्ने जानकारी आएको छ’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने,‘कटारी नगरपालिकाका मेयर, स्थानीय र प्रहरीबीच घटनाका विषयमा छलफल भइरहेको छ।’

घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन् । सिद्धिचरण लोकमार्गमा पर्ने कटारी घुर्मी सडकमै कटारी नगरपालिका-८ वडमीमा कसमस सिमेन्टको चुनढुंगा उत्खनन् स्थल छ ।

त्यही उत्खनन् स्थलबाट कसमस सिमेन्टले टिपरबाट चुनढुंगा ढुवानी गर्छ । यसैबीच झडपपछि मध्यरातमै सयौँको संख्यामा रहेका स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका थिए । प्रहरीले ज्यादती गरेको भन्दै स्थानीयले सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्ड बन्द गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 4
National/Online Media , INSEC

0 Comments

Related Reports