Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2018-10-25

Madhes, Sarlahi, Haripur, Ward 3

४५ वर्षीया महिलालाई हरिपुर नपा–३ फरहदवाका ३४ वर्षीय शेख मोतिबुन, ३५ वर्षीय गङ्गाधर साह तेली र एक जना परिचय नखुलेका व्यक्तिले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितहरूले कात्तिक ८ गते राति महिलाको मुख थुनी आँखामा पट्टी बाँधेर ज्यान मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

घटना पश्चात पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिन आउँदा वडा अध्यक्ष हजरद शेखले त्यस्तो घटनाको उजुरी गर्‍यो भने इज्जत जान्छ गाउँमै मिलाउनु पर्छ भनी फकाएर उजुरी दिन रोक लगाएको पीडित महिलाले गुनासो गरिन् ।

घटना गाउँमै २ लाख ५० हजार रुपियाँमा मिलिसकेको थियो पछि बलात्कार गरेको आरोपितले पैसा दिन नमानेपछि पीडितले किटानी उजुरी दिने बित्तिकै दर्ता गरी आरोपितहरूको खोजी कार्य तथा अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुन्दन देवले जानकारी दिए । आरोपितहरू फारार रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments