Incident Reports

काभ्रेमा शक्तिशाली सिलिण्डर बम बिष्फोट l

2013-11-11

काभ्रे, कार्तिक २५ - अज्ञात समूहले उग्रतारा जनागाल १ स्थित चण्डेश्वरी ग्याँस उद्योग सिलिण्डर लुटेर सिलिण्डर बम बनाई बिष्फोटन गराएका छन । उग्रतारा जनागाल गाविस भवन पछाडीको चौरमा सिलिण्डर बम बिष्फोटन गराएका हुन् । लगत्तै धुलिखेलको कुताल जाने बाटोमा पनि बम बिस्फोट भएको छ । ग् याँस उद्योगका सुरक्षागार्ड लाल बहादुर श्रेष्ठ माथि आक्रमण गरी अज्ञात समूहले १२ वटा सिलिण्डर लुटेका छन । बम बिष्फोटन हुँदा चौउरमा लागेको आगो निभाउन प्रहरी र सेनाको टोली खटिएको छ । बिष्फोटनबाट मानवीय क्षति भएको छैन । घटनास्थल वरपर प्रहरी र सेनाको टोलीले सर्च अप्रेसन गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।

0 Comments

Related Reports