Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-03

Madhes, Mahottari, Manra Siswa, Ward 6

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनरासिसवा नगरपालिका-६ सरपल्लोका ६५ वर्षीय खेभन साहलाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतका अनुसार बालिकाको परिवारले कात्तिक १८ गते प्रहरीमा दिएको उजुरीका आधारमा सोही दिन साहलाई गिरफ्तार गरिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते जलेश्वर अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Mahottari

0 Comments