Incident Reports

सेनाले दुईवटा बम निष्कृय पार्‍यो l

2013-11-12

Madhes, Mahottari, Bardibas

महोत्तरीको बर्दिवासमा भेटीएको दुई वटा सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ। आज बिहान बर्दिवास १ र २ मा भेटिएको दुईवटा सुतली बम सेनाले बिहान डिस्पोज गरेको हो। गौरीबासस्थित नेपाली सेनाको शेर गणको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेका थियो। बर्दिबास जलेश्वर सडक खण्ड अर्न्तगत बर्दिवास १ स्थित बजाज शोरुम अगाडि बिहान ६ बजे र बर्दिवास २ स्थित शिब मन्दिर परीसरमा बिहान १० बजे सुतली बम फेला परेको थियो। बजाज सो रुप अगाडि सेतो पलाष्टीकमा कालो टेपले बेरेको अवस्थामा बम जस्तो वस्तु फेला परेको हो। र मन्दिर परीसरमा भेटिएको अर्को बस्तु बम पनी सोही प्रकृती को रहेको गौरीबास स्थित नेपाली सेना शेर गणले जनाएको छ। बर्दिवासमा एक पछी अर्को बम फेला परेपछी स्थानीयबासी त्रसित बनेका थिए। कागजमा बेरीएर राखिएको उक्त बम संग कागजको पर्चा समेत भेटिएको छ। बम निष्कृय बनाउने क्रममा बिस्फोटबाट पर्चा चिन्न नसकिएको भएपनी प्रहरीले थप अनुसन्धानको गरीरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिए । बम डिस्पोज गरेपछि यस क्षेत्रको जनजीवन समान्य बनेको भएपनि स्थानीयमा अझै केही त्रास रहेको छ। अहिले महोत्तरीको बर्दिवासको सुरक्षा ब्यवस्था कडा पारीएको छ भने नेपाल प्रहरी ,नेपाली सेना, शसस्त्र प्रहरीले गस्ती थालेको छ। यसैबीच बन्दको प्रभाब महोत्तरीमा समेत देखिएको छ। पुर्वपश्चिम राजमार्गमा सबारी साधन चलेका छैनन् भने बजार,शिक्षण संस्था लगायत

0 Comments

Related Reports
Related Trend Analysis