Incident Reports

कुटपिटबाट ज्यान गएपछि आठ जनालाई प्रहरीले लियो नियन्त्रणमा

2018-11-11

पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहिबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको छ। 

कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने ३०/३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो। कुमाललाई इलाका प्रहरी कार्यालयले जिल्ला अस्पताल परासीमा उपचारका लागि पुर्‍याएकामा अस्पतालले राति नै मृत घोषणा गरेको थियो। उनको टाउकामा गहिरो चोट लागेको थियो। अर्का गम्भीर घाइते सोही ठाउँ बस्ने १६/१७ वर्षीय राम कुँवरको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनको पनि टाउकामा चोट लागेको थियो। 

कुटपिटमा भाटो र चिर्पट प्रयोग भएको प्रहरीले जनाएको छ । के कारणले र कसले कुटपिट गरेको भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सोही दिन नौजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सोधपुछपछि छजनालाई सोही दिन छोडिएको र बाँकी तीनजनासहित थप पाँचजनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।अहिले प्रहरी नियन्त्रणमा आठजना रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports