Incident Reports

रौतहटमा २ पुरुषको शव भेटियो

2018-11-02

जिल्लाको छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ। गौर चंद्रपुर सडकखण्डको गरुडा नगरपालिका-८ जिन्गडीया टोल र माधवनारायण नगरपालिका-६ मा एक एक गरी दुई पूरूषको शव फेला परेको प्रहरीले जनाएको छ।


ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चंद्रपुर सडकखण्डअन्तर्गत जिन्गडिया नजिक मूल बाटोको छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ बर्षका पुरुषको शव फेला परेको हो।


माधवनारायण नगरपालिका-६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ बर्षको उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए। मृतकको पहिचान ख्जुलना नसकेको तथा शवपरिक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको घाटीमा निलडाम देखिएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Local Newspaper - Siraha

0 Comments

Related Reports