Incident Reports

एमाले उम्मेदवारको घरमा विस्फोटक पदार्थ फेला l

2013-11-12

Province 1, Sunsari, Inaruwa

६ बाट एमालेका उम्मेदवार भीम आचार्यको गाविस-९ स्थित घरको आँगनमा कात्तिक २६ गते बिहान शंकास्पद विष्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ । 

 

यसैगरी, इनरुवा नपा-३ स्थित एमाओवादीको पार्टी कार्यालयमा पनि बिहानै विस्फोटक पदार्थ फेला परेको थियो ।

 

नेपाली सेनाको डिस्पोजल टोली घटना स्थलमा पुगी दुवै ठाउँको बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

शंकास्पद अवस्थामा रहेको बम स्थानीयले देखेपछि जिल्ला प्रहरी कार्यालयमा सुनसरीमा खबर गरेका थियो । बम भएको स्थानबाट दुई किलोमिटर परसम्म सुरक्षा अवस्था कडा पारीएको एसपी उपरीक्षक गणेशबहादुर थापा बताए । उनले घटनाको अनुसन्धान भई रहेको जानकारी दिएका छन् ।

सुकदेब चौधरी

0 Comments

Related Reports