Incident Reports

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आशङ्का

2018-11-10

Province 1, Udayapur, Rautamai, Ward 3

रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्का कात्तिक २५ गते मुखमा नेप्किन (हात पुछ्ने कागज) खाँदेको र कुर्था सुरूवाल खोलेको अवस्थामा मृत फेला परेकी छिन् ।

कात्तिक २४ गते दिउँसो २ बजे घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।

साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्ने क्रममा कात्तिक २५ गते दिउँसो २ बजे बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

स्थानीयले बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको एसपी राईले जानकारी दिए ।

टोली कात्तिक २६ गते बिहानसम्म घटनास्थलतर्फ पुगिसक्ने भएकाले २६ गते दिउँसो मात्र विस्तृत विवरण आउने एसपी राईले बताए । घटनास्थल सदरमुकाम गाईघाटबाट करिव ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्दछ ।

बलात्कारपछि हत्या नै हो भन्ने एकिन गर्न प्रहरी घटनास्थलमा पुगी नसकेपनि स्थानीयको भनाइलाई उद्घृत गर्दै प्रहरीले सोही प्रकृतिको आशङ्का गरेको छ । प्रहरीले मृतकको शव कसैलाई नछुन भनेपछि वडाध्यक्ष दुर्गाराज खड्कासहितको टोलीले शवलाई कुरेर बसेको छ ।

मृतक बालिका वडाध्यक्ष खड्काकी भतिजी हुन् । खड्काले बालिकाको हत्या बलात्कार पछि भएको बताएका छन् ।

बलात्कारपछि हत्या नै हो भन्ने खबर पाए लगत्तै रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्कासहित गाउँपालिकाको केन्द्र भुट्टारमा रहेको प्रहरी टोली घटनास्थलतर्फ हिँडेको बताइएको छ ।

घटनाको यथार्थ विवरण ल्याउन र अपराधिलाई नियन्त्रणमा लिन प्रहरीले आफू मातहतका टोली परिचालन गरी नाकामा कडाई गरेको जनाएको छ ।

घटनाको प्रकृति यस्तो छ

मृतकका बुवा दुर्गाबहादुर खड्का केही दिन अघि मोटरसाइकल दुर्घटनामा परी त्रियुगा नगरपालिका–७ चुहाडेको घरमा आराम गरेर बसिरहेका थिए ।

भाइटिका लगाई दिन लाफागाउँमै रहेको माइती घरमा सानी नानीसहित गएकी आमा पुनम फर्केकी थिइनन् । बुवाआमा घरमा नभएपछि जनता मावि लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया छोरी एल्जिना खड्का शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा चराउँदै थिइन् ।

कक्षा १० मा पढ्दै गरेकी जेठी दिदी र कक्षा ९ मा पढ्ने भाइले भैँसी र घरको अरू काम गर्ने बताएपछि माइली छोरी एल्जिना बाख्रा लिएर जङ्गल गएकी थिइन् ।

गाउँपालिकाको केन्द्र भुट्टार जाने सडक छेउको खरबारी भएकाले त्यति धेरै कसैलै पनि चासो पनि दिएनन् । त्यही खरबारी जहाँ सडकबाट १ सय ५० मिटर पर रहेको सालको रूखमुनी उनी मृत फेला परिन् ।

साँझसम्म नआएपछि सबैले खोजतलास गरे तर कसैले फेला पारेनन् । कात्तिक २५ गते ठुलोबुवा (वडाध्यक्ष) दुर्गाराज सहितको टोलीले खोजतलास गर्दा खड्का मृत अवस्थामा फेला परेकी हुन् ।

वडाध्यक्ष खड्काले भने–‘कतै लडेर घाइते भई जस्तो लागेको थियो । तर त्यसो नभई बलात्कार गरेर मारिएको अवस्थामा फेला परी । रातभर टाढा–टाढासम्म पुगेर खोजियो कतै फेला पार्न सकिएन । यति नजिकै शव फेला पर्‍यो जहाँ कल्पनासमेत गर्न सकिने ठाउँ थिएन ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments