Incident Reports

हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना

2018-11-11

भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै कात्तिक २५ गतेदेखि उनका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

छोरीको बलात्कारपछि हत्या भएको तीन महीनाभन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी अनिश्चितकालीन धर्नामा बसेका हुन् ।

निर्मलाका अभिभावकले हत्यारा सार्वजनिक नगरेसम्म यहाँस्थित प्रशासन कार्यालय अगाडि २४ सै घण्टा धर्नामा बस्ने उनीहरूले चेतावनी दिएका छन् । कञ्चनपुर नागरिक समाजका अगुवा नरबहादुर साउदले निर्मलाका हत्यारा सार्वजनिक नगरिएसम्म धर्ना जारी रहने बताए ।

निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै दुखेसो पोखिन् । गत साउन १० गते साथीको घरबाट गृहकार्य गरेर घर जान हिँडेकी निर्मलाको साउन ११ गते बिहान नजिकैको उखुबारीमा हत्या गरी शव फालिएको अवस्थामा भेटिएको थियो । समाचार साभारः रासस


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments