Incident Reports

बालिका अपहरण प्रयास विफल

2018-11-13

Lumbini, Dang, Tulsipur

दाङमा एक बालिका अपहरणको प्रयास प्रहरीले विफल तुल्याएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ८ वर्षीया बालिका अपहरणमा परेको खबर पाएलगत्तै प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दा बालिका छोडेर अपहरणकारी भागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेम शाहीले जानकारी दिए।

मंगलबार बेलुका सवा ७ बजेतिर एकजना अपरिचित व्यक्तिले घर अगाडिबाट ८ वर्षीया बालिका हेलिनालाई समातेर दौडिएलगत्तै घर परिवारले ईप्रका तुलसीपुरमा खबर गरेपछि प्रहरी तत्काल बालिकाको उद्धारको लागि घेरा हालेर परिचालन भएको शाहीले बताए।

‘हेलिनाका बाबु कृष्णबहादुर पुन मगरले छोरीलाई एकजना अपरिचित व्यक्तिले उठाएर लगेर दौडियो भन्ने खबर गरेलगत्तै मलगायत त्यहाँ स्ट्याण्डमा रहेका सबै प्रहरी दुई तर्फबाट घेरा हालेर दौडियौं,’– शाहीले भने ‘दुई तर्फबाट प्रहरीको गाडीको साइरन सुनेपछि अपहरणकारीले झुलुंगेपुल नजिकै बालिकालाई छोडेर भाग्यो र हामीले बालिकाको उद्धार गर्न सफल भयौं।’

अपहरणकारीको कब्जाबाट उम्किएकी हेलिनाले अभिभावक र प्रहरी समक्ष उक्त व्यक्तिले ‘तलाई जानेको थिएँ, तर प्रहरीको गाडी आयो त बाँचिस्’ भनेर छोडेर भागेको बताइन्।

हेलिनालाई अपहरण गर्ने व्यक्ति को थियो र त्यस पछाडिको कारण के हुन सक्छ ? भन्ने सवालमा प्रहरीले अनुसन्धान सुरू गरेको डिएसपी शाहीले सेतोपाटीलाई बताए। ‘सचेत अभिभावकले १०० मा फोन गरेर समयमै सूचना प्रहरीलाई दिएको हुँदा प्रहरीले तत्काल एक्सन लिन संभव भएको हो,’ शाहीले भने ‘ समाजवाबाट यसैगरी सूचना प्राप्त भएमामात्रै अपराध नियन्त्रण गर्न संभव छ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments