Incident Reports

काङ्ग्रेस कार्यकर्ताद्वारा मजदुर कुटिए l

2013-11-11

Gandaki, Gorkha, Bhimsen

Sudeep Kaini गोरखा । ०७० कात्तिक २६ गते, नेपाली काङ्ग्रेसका कार्यकर्ताले एमाओवादी कार्यकर्तालाई बोकेको आरोपमा कात्तिक २५ गते राती ना ३ ख २५५८ नम्बरको बसका चालक अमृत परियार र ना २ ख ५०५१ नम्बरको बसका चालक जय श्रेष्ठलाई धावा गाविस-५ मा कुटपिट गरेका छन् । मसेलको ध्याम्पेसाल बजारमा भएको एमाओवादी सभाबाट फर्केका कार्यकर्ता बोकेको आरोपमा धावा गाविसका स्थानीय काङ्ग्रेस कार्यकर्ताले उनीहरूलाई कुटपिट गरेको आरुघाट चौकीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए । ध्याम्पेसाल बजारबाट आरुघाट एमाओवादी कार्यकर्ता पूर्‍याएर गोरखा सदरमुकाम तर्फफर्कदै गर्दा आफूमाथि कुटपिट भएको घाइते परियारले बताए । उनको गोरखा अस्पताल गोरखामा उपचार भइरहेको छ भने श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गरिएको गोरखा यातायात व्यवसायी समितिका अध्यक्ष रामहरि केसीले जानकारी दिए । सुदिप कैनी

0 Comments

Related Reports