2018-11-10
Province 1, Morang, Sunwarshi, Ward 3
प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ ।
प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार गत कात्तिक २४ गते हेमरन श्रीमान श्रीमतीबीच दिनभरी झगडा भएको थियो । सोही र फुलमुनीको झगडा भएपछि छिमेकीसमेत रहेका मदनले सोहीलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए ।
मदिरा सेवन गरी राति मदनसँगै फर्किएका सोहीले पुन श्रीमतीसँग झगडा गरेपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहीलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २६ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोलाछेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कन्चटमा पिर्काले लागेपछि लडेका सोहीको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फुलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
घरमा सुतेको व्यक्त्ति ओच्छ्यानमै मृत फेला परेको खबर आएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै नियन्त्रणमा लिएको थियो । सामान्य मजदुर परिवारका सोही सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा छिमेकीसमेत रहेका मदनको आउजाउ बाक्लो थियो ।
पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
बुबाको हत्या आरोपमा आमा पक्राउ परेपछि हेमरनका ३ छोराछोरीलाई सानिमाको जिम्मा लगाइएको छ । हेमरनमा ४ छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ । अन्य तीन जनालाई छिमेकमै रहेकी सानिमाको जिम्मा लगाइएको प्रहरी निरिक्षक कार्कीले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Blunt weapon |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance