Incident Reports

कार्यकर्ता पक्राउको विरोधमा नेविसंघको १ घण्टा चक्काजाम

2018-11-13

Bagmati, Kathmandu, Kathmandu

 नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान १ घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाइ माग गर्दै नेविसंघले  देशभरका विभिन्न स्थानमा चक्काजाम गरेको हो ।

चक्काजामका कारण बिहान ९ बजेदेखि १० बजेसम्म विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।

रुपन्देहीस्थित अनलाइनखबरकर्मी कपिल ज्ञवालीका अनुसार बुटवलका विभिन्न क्याम्पस एकाइहरुले मंगलबार बिहान संयुक्त रुपमा चक्काजाम गरेका छन् ।

विद्यालय तथा कार्यालय जाने समयमा कम गाडी चल्दा विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई असुविधा भएको थियो ।

डडेल्धुरामा पनि नेपाल विद्यार्थी संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार १ घन्टा चक्काजाम गरेको छ ।

चक्काजामका कारण डडेल्धुराको सवारी आवागमन १ घण्टा प्रभावित बनेको थियो ।

नेविसंघका केन्द्रीय सदस्य लेखनाथ भट्टराईले पक्राउ परेका ढकालको विनाशर्त रिहा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत रहने जनाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments