Incident Reports

बन्दुक र गोलीसहित ३ भारतीय वीरगंजमा पक्राउ

2018-10-27

Madhes, Parsa, Birgunj

वीरगंज भन्सारमा शुक्रबार राती हतियार सहित भारतीय पक्राउ परेका छन्।
चाडबाडको मौका छोपी भारतीय अपराधीहरु लक्जरी कारमा सवार भई हतियारसहित वीरगंज आउने गरेको भेटिएपछि यस क्षेत्रको सुरक्षा घेरा संवेदनशील रहेको पाइएको छ।
शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार बिरगंज गुल्मले भारतीय पिस्तोल, १२ राउण्ड गोली भएको दुईवटा मागेजिनसहित भारतीय स्कर्पियोबाट ३ जनालाई समातेको हो। पिस्तोल एक थान, सोमा लाग्ने १२ ओटा गोलीसहितको दुईओटा मागेजिन बरामद गरिएको हो।
मोतिहारी रामगढवा निवासी बर्ष २७ का अवधबिहारी प्रसाद, चालक बर्ष २५ को ओमप्रकाश पासवान र ३७ बर्षीय अवधबिहारीका साथी उमेशप्रसाद गुप्ता रहेका छन्।

Local Newspaper - Siraha , Local Newspaper - Parsa

0 Comments

Related Reports