Incident Reports

हत्या घटनामा सा‍क्षी बक्न तयार वृद्धकै हत्या

2018-11-14

Madhes, Dhanusha, Bideha

हत्या घटनामा प्रत्यक्षदर्शीका रुपमा बयान दिन जाने तयारीमा रहेका एक वृद्धको धनुषामा हत्या भएको छ। विदेह नगरपालिका- ५ मुडिबा बस्ने अन्दाजी ६५ वर्षीय मानैर ठाकुरको हत्या भएको हो।

बिहीबार बिहान ठाकुरको शव पोखरीमा फेला परेको हो। ठाकुरको आँखा, कान र कन्चटमा छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको पोखरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

डेढ महिना अगाडी स्थानीय एक महिलाको हत्या भएको थियो।उक्त घटनाको गवाही थिए, ठाकुर। शुक्रबार उनी गवाही बक्न अदालत जाने तयारीमा थिए। तर, एक दिन अगाडी नै उनको हत्या भएपछि घटनामा संलग्नले नै उनको हत्या गरेको स्थानीयले अनुमान गरेका छन्।

यता, घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय खजुरीका इन्चार्ज शेषराज थन्दारले हत्या कसले र किन गरेकोबारे अनुसन्धान भइरहेको बताए। उनले शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाएको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , INSEC

0 Comments

Related Reports