Incident Reports

एमाओवादी उम्मेदवारलाई लक्षित गर्दै बम प्रहार l

2013-11-13

भोजपुर, कार्तिक २७ - अज्ञात समुहले भोजपुर क्षेत्र नं १ का एकिकृत नेकपा माओवादीका उम्मेदवार सुदन किराती लगायत उनको टोलीलाई लक्षित गरी बम प्रहार गरेको छ । बुधबार बिहानै गोगने गाविसबाट कोट गाविसतर्फ गइरहेको टोलीमाथि आक्रमण भएको हो । सदरमुकामदेखि ६ कोस दक्षिण पश्चिममा पर्ने गोगने गाविस नजिकैको खोलामा पुगेपछि एककासि सुतली बम प्रहार गरिएको थियो । उम्मेदवार राई भने सकुसल छन् । चुनाव प्रचार प्रसार गर्दै लेखर्क, गोगने हुँदै कोट गाविसतर्फ आइरहेको टोलीमाथि बम प्रहार गरी आतंकित तुल्याएका थिए । एकिकृत नेकपा माओवादीले बुधबार कोटमा चुनावी सभा गर्ने कार्यक्रम थियो । बम विष्फोटनबाट मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक नान्तिराज गुरुङले बताए । एमाओवादी टोलीमाथि ती समुहले भिरमाथिबाट ढुङ्गा मुढा समेत गरेका थिए । यसअघि एकिकृत माओवादी र वैद्य माओवादीबीच गोगनेमा सामान्य झडप भएको थियो । यो घटनाले भोजपुरमा निर्बाचन सुरक्षा चुनौती थपिएको छ ।

0 Comments

Related Reports