Incident Reports

मानव बेचबिखनको आरोपमा २ पक्राउ

2018-10-29

मानव बेचबिखनका आरोपमा डडेल्धुरामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
डोटी सायल गाउँपालिका-५ का ३८ बर्षीय शेरबहादुर साउद र सोही ठाउँका ४० बर्षीय तेजबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ। एकजना भने फरार भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार उनीहरुलाई डडेलधुरास्थित एक होटेलबाट पक्राउ गरिएको हो।

सोमबार बझांग थालाराका एक पुरुषले बझांगकै एक महिलालाई उपचार गराउन भनी बझांगबाट ललाइफकाई डडेलधुरा ल्याएर तस्करीका लागि होटलमा राखेको सुचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए।

गाउँबाट महिलालाई डडेलधुरा ल्याउने व्यक्तिले डोटी सयल गाउँपालिका-५ का ३८ बर्षीय शेरबहादुर साउद र सोही ठाउँका ४० बर्षे तेजबहादुर साउदको जिम्मा लगाएर फरार भएका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Local Newspaper - Makwanpur

0 Comments