Incident Reports

दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार

2018-11-16

Lumbini, Dang, Shantinagar, Ward 2

दाङ्गमा दुई पक्षबीचको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै खुकुरी प्रहार भएको छ ।

जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्वर २ अमुवा टोलमा दुई समूहबीच भएको विवादलाई मिलाउन पुगेका खितलपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान चन्द्र प्रकाश ओली माथि खुकुरी प्रहार भएको हो ।  

 गम्भीर घाईते ओलीको टाउकोमा १० वटा टाँका लगाईएको त्यस ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताएका छन । उनका अनुसार थप दुई जना बिशाल रोका र नैनबहादुर नेपालीलाई पनि चोट लागेको छ । 

 सोही ठाउँ निवासी विशाल रोका र चन्द्रप्रकाश नेपालीको समूहबीबच विवाद भएको र त्यसको सूचना आए पछि प्रहरी जवान ओलीलाई त्यहाँ खटाइएको थियो ।   

उनलाई आक्रमण गर्ने सोही गाउँपालिका –२ अमुवाका २५ बर्षिय चन्द्रबहादुर रोका , २० बर्षिय नैनसिंह नेपाली , २२ बर्षिय शुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरुको साथबाट खुकुरी , बञ्चरो र खुर्पा लगायतका घरेलु हतियार बरामद गरिएको प्रहरी प्रहरीले जनाएको छ ।  

 उनीहरु विरुद्ध ज्यान माने उद्योग सम्वन्धि मुद्धा अदालतमा दायर गरिएको जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals Police
Actor 2 - Youth youth
Total Injured 3
National/Online Media

0 Comments

Related Reports