Incident Reports

किशोरी बलात्कृत, आरोपी पक्राउ

2018-10-09

Bagmati, Makawanpur, Hetauda, Ward 10

होटलमा लगेर एक युवकले आफुलाई बलात्कार गरेको भन्दै १५ बर्षीया वक किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको छ।


साथी बनाएर होटलमा लागी बलात्कार गरेको भन्दै ती किशोरीले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएपछि युवक पक्राउ परेका छन्। किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३० बर्षीय कमलराज गिरीलाई पक्राउ गरेको हो। गत मंगलबार युवकले आफुलाई हेटौडा-१० स्थित गेष्टहाउसमा बोलाएर बलात्कार गरेको किशोरीको दाबी छ। किशोरी मकवानपुरको भिमफेदी गाउँपालिकाकी हुन्।


पिडितको आरोपको आधारमा प्रहरीके आरोपिट हेटौडा-१ का गिरीलाई नियन्त्रणमा लिएको हो। नौ कक्षामा अध्यनरत किशोरीले 'खाजा खाउँ' भनेर होटलमा लागी बलात्कार गरेको आरोप लगाएकी छन्।
छोरी हराएपछि उनका अभिभावकहरुले प्रहरीमा खबर गरेका थिए। त्यसको केहि समयपछि पिडित किशोरी आफै जिल्ला प्रहरी कार्यालय पुगेर आफू बलात्कृत भएको उजुरी दिएकी थिइन्। त्यहि दिन राति गिरीलाई प्रहरीले पक्राउ गरेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Makwanpur

0 Comments