2018-11-17
Karnali, Rukum West, Tribeni, Ward 1
रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उनले बताए । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ । बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon , Small arms |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | youth |
Total Killed | 2 |
Female Killed | 1 |
Youth Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19