Incident Reports

सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

2018-11-13

Madhes, Siraha, Sukhipur, Ward 2

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपित सुखिपुर नपा–२ का ३५ वर्षीय मोहमद इसराफुल मियालाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपित मियालगायत चार जनाले कात्तिक २७ गते राति सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा पीडित पक्षले कात्तिक २९ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण धरान स्थित विपी विज्ञान प्रतिष्ठानमा कात्तिक २९ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर रविभुषण यादवका अनुसार घटनाको जानकारी हुनासाथ एक जनालाई कात्तिक २९ गते र अर्का आरोपितलाई कात्तिक ३० गते गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

अन्य दुई जना आरोपित सोही ठाउँका ४० वर्षीय सलामत मिया र ४१ वर्षीय जाकिर मिया फरार रहेकाले खोजतलास भइरहेको इन्स्पेक्टर यादवले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Mahottari

0 Comments