Incident Reports

गोठीचौर गाउँपालिका पनि तोडफोड

2018-11-18

Karnali, Jumla, Guthichaur

जिल्लाको गोठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर इलेक्ट्रोनिक सामाग्रीहरु नष्ट गरिएको छ । कार्यालय भित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले बताए । उनले भने ‘गाउँपालिका आगजनी गर्न प्रयास गरिएको देखिन्छ । कागजहरु केही जलाएका छन् ।’

यसैगरी गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुँडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गोठचौर पुगेको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । घटनाको विवरणसहित अनुसन्धान सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments