Incident Reports

बोक्सीको आरोपमा वृद्धामाथि कुटपिट

2018-11-18

Bagmati, Dhading, Siddhalek

बोक्सीको आरोपमा धादिङमा एक वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका बस्ने ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट गरिएको हो। उनलार्इ मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको हो।

गत कात्तिक २८ गते बेलुकी ७ बजेतिर एक महिला काम्ने अनि बर्बराउन थालेपछि झाँक्रीलाई देखाइएको थियो। झाँक्रीले बोक्सी लागेको भनेपछि स्थानीय र तीन जना झाँक्री नै भएर उनीमाथी कुटपिट गरिएकाे प्रहरीले जानकारी दिएको छ। कुटपिटपछि महिला घाईते भएकी छन्। उनको अनुहार तथा शरीरमा चोटपटक लागेको छ। उनको काठमाडौँमा उपचार भइरहेको छ। 

घटना भएकाे थाहा पाएपछि प्रहरीले भोलिपल्ट नै चारजनालाई पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ४ बस्ने ६२ वर्षीय खोलबहादुर मगर, ५५ वर्षीय यमबहादुर थापा मगर, ४५ वर्षीय हर्कबहादुर थापा मगर र ३५ वर्षीय धनबहादुर मगर रहेका छन्। बोक्सीको आरोपमा कुटपिट गरेको ठहर भएका ५ वर्षसम्म कैद र पचास हजार जरिवाना हुने प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments