Incident Reports

महोत्तरीमा भीषण डकैती

2018-11-19

Madhes, Mahottari, Sonama, Ward 6

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा गएराती भीषण डकैती भएको छ ।भारतीय सीमासित नजिकै रहेका घरमा डकैती भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । राती करिब १ बजे १०÷१२जना जतिको संख्यामा रहेका अज्ञात समुहले श्रीचन यादवको घरबाट १० लाख बराबरको धनमाल लुटेर लगेको छ ।जाडो बढेकाले मध्यराती घरका सबै सदस्य निद्रामा थिए ।घरको ढोका फोडेर भित्र पसेका सशस्त्र डाकाहरुले प्रतिकारमा उत्रेका यादवका ४० वर्षिय छोरा ललिन यादव, संजित यादव, छिमेकी सुरेन्द्र यादव लगायतलाई कुटपिट गरी घाईते बनाए ।अन्य केहि समान्य घाइते भएका हुन् ।घाईतेहरु अस्पतालमा उपचार गराई घर फर्केको बताईएको छ ।


प्रहरीका अनुसार यादवको घरबाट नगद करिब साढे चारलाख, पाँच तोला सुन, चाँदीका गरगहना लगायतका सरसमानहरु लगिएको छ ।अपराधीको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थल भन्दा भारतीय सीमा पैदल ६÷७ मिनेटको दुरीमा रहेको छ ।भारतीय क्षेत्रबाट आएर लुटपाट गरी उतै तर्फ गएको हुन सक्ने स्थानीय बासिन्दाहरुको अनुमान छ ।
डाकाहरुले गोली समेत चलाएको स्थानीयहरुको कथन छ ।घरधनी लगायतका सहयोगीहरुमाथि संघातिक आक्रमणमा डाकाहरु उत्रन थालेपछि अन्य छिमेकीहरु मदतका लागि निस्कन सकेनन् ।घटनास्थलमा प्रहरी करिब १ घण्टा ढिला पुगेको उनीहरुले बताए ।डाकाहरु भागिसकेको निकै बेरपछि प्रहरी आएको उनीहरुले जनाए ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक(डीएसपी) खगेन्द्रबहादुर खड्काले घटनाको खबर आधी घण्टा ढिला प्राप्त भएको र घटनास्थलमा प्रहरी पुग्दा लुटेराहरु दक्षिण तर्फ गईसकेको बताए ।‘घटनामा संलग्नहरुको हुुलियाको अधारमा खोजतलाशलाई तिव्र बनाईएको छ’ उनले भने, चाँडै अपराधीहरु सम्म हामी पुग्ने छौ ।’
घटनास्थलमा गोली चलेको प्रमाण नदेखिएपनि आवाज आएको स्थानीय बासिन्दाहरुले बताए ।सीमा क्षेत्रमा घटना भएकाले भारतीय सुरक्षाकर्मीहरुसितपनि सहयोग लिएर अपराधीलाई पक्राउ गरिने डीएसपी खड्काले जनाए ।


राती नै घटनास्थलमा पुगेका सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले अत्यन्त दुखद घटना भएको जनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सुरक्षाकर्मीहरुलाई आग्रह गरेको बताए ।घटनामा संलग्न दोषीहरुलाई पक्राउ गर्न उनले माग गरे ।


सीमा क्षेत्रमा अपराधीक कृयाकलाप बढेको बताइएको छ ।भारतीय सीमासित जोडिएको गाउँ, टोलमा सुरक्षा बढाईनु पर्ने स्थानीय बासिन्दाहरुले समेत माग गरेका छन् ।बन्दुक सहित डाका आउन थालेकाले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनुपर्ने उनीहरुको माग छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 5
Local Newspaper - Dhanusha , National/Online Media

0 Comments

Related Reports