Incident Reports

नुवाकोटमा काँग्रेस नेता केसीको गाडीमा बम प्रहार l

2013-11-12

Keshav Mishra नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीलाई लक्षित गरी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ। नुवाकोट क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका नेता केसीलाई लक्षित गरी मदानपुर ८ जुरेथुममा बम प्रहार भएको हो। बम प्रहारबाट कुनै क्षति भने भएको छैन। नेता केसीको सवारी साधन सँगै रहेको वा ५ च ६२५३ नम्बरको गाडीमा भने सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोट क्षेत्र नं ३ को क्षेत्रीय सभालाई सम्बोधन गर्न सदरमुकाम विदुर आउँदै गर्दा नेता केसीलाई लक्षित गरी पेट्रोल वम प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ। यसैगरी गए राती नुवाकोटको क्षेत्र नं ३ सामरीमा एकीकृत नेकपा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा एकिकृत नेकपा माओवादीका तीन जना घाईते भएका छन्। घाईतेहरुलाई उपचारका लागि काठमाडौ लगिएको एकिकृत माओवादीले जनाएको छ।

0 Comments

Related Reports