Incident Reports

गोली प्रहारबाट मृत्यु

2018-11-24

Lumbini, Kapilbastu, Suddhodhan, Ward 5

शुद्धोदन गाउँपालिका-५ मोतीधारीस्थित सडकमा शुक्रबार बेलुका अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ३५ वर्षीय राजाबाबु भन्ने दिपेन्द्र चौधरीको मृत्यु भएको छ ।

सोही ठाउँबाट लगनीतर्फ लु.३५ प ११५२ नम्बरको मोटरसाइकलमा जाँदै गरेका चौधरीलाई युपी ५५ क्यु २३५ नम्बरको मोटरसाइकलमा आएका ब्यक्तिहरुले गोली प्रहार गरी फरार भएका हुन् । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवा रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनास्थलबाट १ राउण्ड गोली, ५ वटा खोका र युपी ५५ क्यु २३५ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाइकल सोही ठाउँ बस्ने २५ वर्षीय दिलिप ठाकुरको रहेको खुल्न आएको छ ।

गोली प्रहार गर्ने फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , INSEC

0 Comments

Related Reports