Incident Reports

क्यानडा पठाईदिने प्रलोभनमा पारी मानव बेचबिखन गर्ने पक्राउ

2018-11-24

Bagmati, Kathmandu, Kathmandu

क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातहरु समेत बनाई भारतसम्म पुर्‍याई पीडितहरुबाट प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँसम्म रकम लिई मानव वेचबिखन तथा ओसारपसारमा संलग्न मध्येका मुख्य प्रतिवादी WEBSTER EDUCATION NETWORKS INC. PVT. LTD. का संचालिका काठमाण्डौ नैकाप बस्ने मकवानपुर बकैया गाउँपालिका-९ च्युरीबासकी ३७ वर्षीया सुनिता तिवारी वाईवालाई काठमाण्डौ पुतलीसडकबाट शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

 निज समेतले शिक्षा मन्त्रालयबाट स्वीकृति समेत नलिई पुतलीसडकस्थित कार्यालय खोली विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई बिभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडितहरु सम्पर्कमा आए पश्चात भारतको नयाँदिल्ली लगायतका स्थानमा पुर्‍याई महिनौसम्म अलपत्र पारी सम्पर्क विहिन हुने गरेको पाईएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिवादी वाईवालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थपअनुसन्धान भईरहेको छ ।

0 Comments