Incident Reports

आरतीको कुटपिटबाट हत्या भएको माइती पक्षको आरोप

2018-10-31

Madhes, Saptari, Bode Barsain, Ward 7

सप्तरीको दक्षिणवर्ती बोदे बसाईन नगरपालिका-७ बोगबिरा गाउँकी २२ बर्षीय महिलाको कुटपिटपछि हत्या गरेको माइती पक्षले आरोप लगाएको छ।


बेगबिरास्थित आफ्नै घरमा बुधबार बिष सेवन गरी मृत्यु भएकी भनिएकी मृतक २२ बर्षीया आरातिकुमार यादवका भाई अनिलकपुर यादवले दिदिलाई बुधबारे बिहानदेखि नै कुटपिट गरेको बताए।
यादवका अनुसार बिहान ११ बजेतिर अत्यन्त गम्भीर अवस्थामा घरमै भेटिएकी आरतीलाई तत्काल एम्बुलेन्समा उपचारका लागि लहान ल्याइएको भएपनि अस्पताल ल्याएका उपचार सुरु नगर्दै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।


इप्रका कल्याणपुरका अनुसार बिष सेवनबाट गम्भीर बनेकी उनको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको हो। प्रहरीले आरती सुत्ने कोठाबाट तरकारीमा छर्किने ब्लूम नामको बिषादीको बट्टा बरामद भएको जनाएको छ। 


प्रहरीको नियन्त्रणमा पति र ससुरा घटनालगतै प्रहरीले स्थानीय मानराजा चोकबाट मृतककी ससुरा ५५ बर्षीय रामदेव यादवलाई इलाका प्रहरी कार्यालय बोडे बसाईनले बुधबारनै नियन्त्रणमा लिएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Siraha

0 Comments