Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-26

Karnali, Surkhet, Gurbhakot, Ward 5

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित गुर्भाकोट नपा-५ का १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर ९ गते साँझ घरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय छिञ्चुमा मङ्सिर ९ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय छिञ्चुले जनाएको छ ।

आरोपितलाई इलाका प्रहरी कार्यालय छिञ्चुको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको र पीडत बालिकाको स्वास्थ्य परीक्षण मेहेलकुना अस्पताल मेहेलकुनामा मङ्सिर ९ गते गरिएको इलाका प्रहरी कार्यालय छिञ्चुका इन्स्पेक्टर निरोज चौलागाईले बताए ।

दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments